GBIME
IME Life

राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनुपर्छः गभर्नर अधिकारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्ने बताएका छन् । राष्ट्र बैंक बैंकिङ प्रशिक्षण केन्द्रले नेपाल आर्थिक पत्रकार संघसँगको सहकार्यमा आयोजित आर्थिक पत्रकारका लागि २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

अर्थतन्त्र र राष्ट्र बैंकसँग जोडिएका तथ्याङ्क र सूचनाहरू जटिल प्रकृतिका र प्राविधिक हुने भन्दै गभर्नर अधिकारीले त्यसलाई सर्वसाधारणले सहज ढंगले बुझिने भाषामा प्रस्तुत गर्नु पर्ने आवश्यकता रहेको बताए ।

SKYWELL
Crest

अहिलेको अवस्थामा अर्थतन्त्र र राष्ट्र बैंक एवम् बैंकहरू तथ्याङ्कको भारीले थिचिएको उनको भनाई छ । संस्थागत रुपमा तयार भएका त्यस्ता तथ्याङ्कहरू सहज ढंगबाट आर्थिक पत्रकाहरु मार्फत आम सर्वसाधारणमा प्रवाह हुन जरुरी भएको गभर्नर अधिकारीले बताए ।

‘राष्ट्र बैंक र अर्थतन्त्रका सूचना र तथ्याङ्कहरू प्रशस्त छन् । तर, यसको सही र सरल विश्लेषण हुनु जरुरी छ,’ गभर्नर अधिकारीले भने, ‘संस्थाहरूमा रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका आर्थिक तथ्याङ्कहरू आर्थिक पत्रकारहरूले जनताले बुझ्ने ढंगले प्रस्तुत गरेर जनतासम्म पुर्‍याउन जरुरी छ ।’

गभर्नर अधिकारीले आर्थिक पत्रकारहरूलाई प्रदान गरिने यस्तो प्रशिक्षण नियमित गर्ने भन्दै प्रशिक्षणको लाभ उठाउन सहभागी आर्थिक पत्रकारहरूलाई आग्रह गरे । अर्थतन्त्र र मौद्रिक नीतिका क्षेत्रमा दैनिक रिर्पोटिङ गर्ने आर्थिक पत्रकारहरूलाई प्रदान गरिने तालिमबाट राष्ट्र बैंकले पनि सिक्ने भन्दै गभर्नर अधिकारीले नाफिजका सदस्यताहरूको क्षमता पनि अभिवृद्धि हुने धारणा राखे ।

राष्ट्र बैंकको आयोजनामा भएको प्रशिक्षण कार्यक्रम दुई दिनसम्म चल्ने छ । प्रशिक्षणमा नेपाल राष्ट्र बैंकले छनोट गरेका ९ वटा आर्थिक, वित्तिय र मौद्रिक नीतिसंग सम्बन्धित विषयमा प्रशिक्षण हुनेछ । प्रशिक्षणमा नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले छनोट गरेका ३९ जना बैंकिङ तथा आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरू सहभागी छन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS