IME Life New

एनआईसी एशिया लघुवित्तद्वारा राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । “साथी संगै सबल बन्दै” भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो गौरवमय राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलन फागुन २५ गतेदेखि फागुन २७ गतेसम्म सौराहा, चितवनमा सम्पन्न गरेको छ ।

देशभरिकै कुल २८७ शाखा कार्यालयहरुका सम्पूर्ण शाखा प्रमुखहरु, प्रदेश प्रमुखहरु लगायत संस्थाको कर्पोरेट कार्यालयका विभागिय प्रमुखहरु, संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिका अध्यक्ष एवं सञ्चालक समितिका सदस्य सहितको सहभागितामा सम्मेलन भएको थियो । उक्त सम्मेलन संस्थाको हाल सम्मकै ठूलो तथा भव्य कार्यक्रम मध्ये एक रहेको थियो ।

Esewa
Crest

संस्थाको सञ्चालक समितिका अध्यक्ष सुवर्ण पौडेल र प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले आ–आफ्नो तर्फबाट स्वागत मन्तव्य राखेका थिए । उक्त सम्मेलनमा संस्थाले आमन्त्रित गरेका त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक तथा लघुवित्त विज्ञ डा. भरत सिंह थापाले लघुवित्तले गरिवी न्यूनिकरणमा गरेको योगदान, लघुवित्तको वर्तमान अवस्था, चुनौती र अबको लघुवित्तको बाटोको बारेमा प्रस्तुति दिएका थिए । उत्प्रेरक वक्ता रमण भट्टराईले सम्मेलनमा जिवन, जगत, काम र जिवनलाई कसरी सन्तुलनमा राख्ने भन्ने विषयमा निकै नै रोमान्चक तरिकाले सहभागी सम्पूर्ण कर्मचारीहरुलाई निकै नै उत्प्रेरित हुने तरिकाले प्रेरणदायी प्रस्तुति दिएका थिए ।

उक्त शाखा प्रमुख सम्मेलनमा सहभागी भएका केहि शाखा प्रमुखहरुले लघुवित्तमा आफ्नो यात्रा, संर्घष र सफलतका विषयमा प्रस्तुति दिएका थिए । संस्था स्थापना कालदेखि निरन्तर रुपमा कार्यरत रहेका कर्मचारीहरुलाई संस्थाका अध्यक्ष सुवर्ण पौडेल र प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेद्वारा सम्मान गरिएको थियो ।

संस्थाले सम्मेलनमा सामाजिक उत्तरदायित्व अन्तर्गत चितवन जिल्लाका विभिन्न नगरपालिकाहरुमा रहेका ५ वाट आधारभुत विद्यालयहरुका प्रधानाध्यापकज्यूहरुलाई कार्यक्रममा आमन्त्रित गरी शैक्षिक तथा मेडिकल सामाग्रीहरु वितरण गरेको थियो । विभिन्न शाखाबाट आएका सदस्यहरुले आफ्नो सफलताको कथा प्रस्तुत गरे पश्चात् उनीहरुको संघर्ष र सफलतामा हौसला प्रदान गर्दै सम्मानका साथ मायाको चिनो पनि प्रदान गरिएको थियो ।

संस्थाले देशको अर्थतन्त्रमा लघुवित्त संस्थाको योगदान, बचतको महत्व, कर्जाको सदुपयोगिता, डिजिटल बैकिङ्ग लगायतको विषयमा वित्तीय साक्षरता पु-याउने हेतुले आइतबार बिहान सौराहमा प्राभातफेरी कार्यक्रम समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS