काठमाडौं । अभिकर्ताको आज फागुन २२ गते हुने भनिएको दोस्रो सिफ्टको अनलाइन परीक्षा स्थगित भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै प्राविधिक समस्याको कारण अभिकर्ताको अनलाइन परीक्षा स्थगित भएको बताएको छ । आज फागुन २२ गतेको पहिलो सिफ्टको अनलाइन अभिकर्ता परीक्षा सम्पन्न भएको छ । तर, प्राविधिक समस्याको कारण नतिजा भने हर्न मिलेको छैन् ।


















