IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले कहिले अनुमोदन गर्दैछ ११% लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३० औँ वार्षिक साधारणसभा फागुन ३० गते गर्दैछ । वार्षिक साधारणसभा काठमाडौंको भगवती बहालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजीको ११ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। कम्पनीको चुक्तापुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ। जसअनुसार कम्पनीले ११ प्रतिशतले हुन आउने ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

Esewa
Crest

कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि फागुन ११ गते बुक क्लोज गरेको थियो । त्यसकारण फागुन १० गतेसम्म कायम शेयरधनीहरुमात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS