IME Life New

तरलता फालाफाल : एकैदिन ५ अर्बले बढ्यो निक्षेप, सीडी ८०% नजिकै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन ५ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बिहीबारसम्म ६१ खर्ब ६३ अर्ब रुपैयाँ रहेको निक्षेप शुक्रबारसम्म बढेर ६१ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको हो।

त्यस्तै बिहीबारसम्म कुल कर्जा प्रवाह ५० खर्ब ८७ अर्ब रुपैयाँ रहेकोमा शुक्रबार घटेर ५० खर्ब ८६ अर्ब रुपैयाँमा झरेको छ। एकैदिनमा कर्जा प्रवाह १ अर्बले घटेको छ।

Esewa
Crest

शुक्रबारसम्म वाणिज्य बैंकमा निक्षेप ५४ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकबाट ४४ खर्ब ९९ अर्ब कर्जा प्रवाह भएको छ।

बैंकिङ प्रणालीमा तरलता बढेसँगै बैंकहरुको औसत सीडी रेसियो घटेर ८०.०४ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर ३.०३ प्रतिशत छ। अघिल्लो दिन औसत सीडी रेसियो ८०.१२ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS