IME Life New

कुमारी सबल योजनाको इकाई बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी सबल योजनाको इकाई बाँडफाँड भएको छ । कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने उक्त योजनाको इकाई आज क्यापिटलले बाँडफाँड गरेको हो ।

क्यापिटलले माघ २८ देखि फागुन १३ गतेसम्म प्रति इकाई रु १० दरको दश करोड इकाई निष्काशन गरेको थियो । जसमध्ये १४ प्रतिशत अर्थात एक करोड चालिस लाख इकाई कोष प्रबद्र्धक कम्पनी कुमारी बैंकलाई र १५ ले हुन आउने बिजपूँजी वापतको दश लाख इकाई योजना व्यावस्थापक कम्पनी कुमारी क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको थियो । बाँकी सार्वजनिक निष्काशन मार्फत रु ८ करोड ५० लाख इकाई निष्काशन तथा विक्री खुल्ला गरिएको थियो ।

Esewa
Crest

क्यापिटलका अनुसार १४ प्रतिशत विजपूँजी वापतको १,४०,००,००० इकाई कोष प्रवद्र्धक कम्पनी र १ प्रतिशत बिजपूँजी वापतको १०,००,००० इकाई योजना व्यावस्थापक कम्पनी कुमारी क्यापिटल लिमिटेडलाई बाँडफाँड गरिएको छ । सर्वसाधारणलाई निष्काशन गरिएको इकाईको लागि आवेदन दिने २९,१६० जना मध्ये रितपुर्वक आवेदन दिने २९,१३४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरिएको र दोहोरो आवेदन दिने २६ जना आवेदकहरुको आवेदन रद्द गर्ने निर्णय भएको क्यापिटलले जनाएको छ।

यी इकाई नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले इकाई कारोबार गर्न सक्ने छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS