IME Life New

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको वार्षिक साधारणसभा आह्वान, के–के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आफ्नो ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बुधबार (फागुन १६ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले साधारणसभाको निर्णयमा नियमनकारी नियकाबाट कुनै भाषिक संशोधन वा फेरबदल गर्न निर्देशन वा सुझाव दिएमा सोही मुताबिक गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले संस्थापक शेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीका तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ।

Esewa
Crest

सभाले बैंकको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल र एनआइएमबि स्टक मार्केट्सको गत आर्थिक वर्ष २०७९/८०को वित्तीय विवरणहरु पनि अनुमोदन गर्नेछ। यसका साथै सभामा गत आर्थिक वर्षको बैंकको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गरिनेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि साधारणसभा नभएसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन २४ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS