IME Life New

एनआईसी एसिया बैंकको ५.१३ लाख कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकको ५ लाख १३ हजार बढी कित्ता शेयर आज फागुन १६ गतेबाट बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ५ लाख १३ हजार ३२५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले पनि खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०८ रुपैयाँ तोकिएको छ। त्यसैले लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन काठमाडौंको लाजिम्पाटस्थित एनआईएमबि एस क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति फागुन २७ गते दिउँसो २ बजेसम्म तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS