IME Life New

काठमाडौंबाहिर पहिलोपटक कोशी प्रदेशमा अभिकर्ताको अनलाइन परीक्षा हुँदै, कहिलेदेखि ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पहिलोपटक काठमाडौंबाहिर जीवन बीमा अभिकर्ताको लाइसेन्स वितरणका लागि अनलाइन परीक्षा सञ्चालन हुने भएको छ।

नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालय विराटनगरले अभिकर्ताको लाइसेन्स वितरण गर्न अनलाइन परीक्षा सञ्चालन गर्ने भएको हो। बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ता (अभिकर्ता)हरुको परीक्षा लिएरमात्रै इजाजतपत्र दिने व्यवस्था भएबमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा प्राधिकरणको कोशी प्रदेशले सञ्चालन गर्न लागेको हो।

Esewa
Crest

कोशी प्रदेशले भोलि फागुन १६ गते र १७ गते अनलाइन परीक्षाको मिति तय गरेको छ। भोलि र पर्सि दुई–दुई सिफ्टमा परीक्षा हुने प्राधिकरणको कोशी प्रदेशका प्रमुख विनोद पोख्रेलले जानकारी दिए। जसअनुसार बुधबार पहिलो सिफ्टमा दिउँसो १ बजेदेखि दिउँसो २ः३० बजेसम्म र दोस्रो सिफ्टमा दिउँसो ३ बजेदेखि अपराह्न ४ः३० बजेसम्म परीक्षा हुनेछ।

यसैगरी पर्सि बिहीबार पहिलो सिफ्टमा बिहान ११ बजेदेखि मध्याह्न १२ः३० बजेसम्म र दोस्रो सिफ्टमा दिउँसो १ बजेदेखि २ः३० बजेसम्म परीक्षा सञ्चालन हुने प्रमुख पोख्रेलले जानकारी दिए।

बीमा प्राधिकरणले गत कात्तिक दोस्रो साताबाट अभिकर्ताहरुको अनलाइन परीक्षा सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS