IME Life New

दुई बैंकको ११.२१ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई बैंकको ११ लाख २१ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कुमारी बैंक र कामना सेवा विकास बैंकको कुल ११ लाख २१ हजार ६२७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। जसमा कुमारी बैंकको ८ लाख ११ हजार ७३५ कित्ता र कामना सेवा विकास बैंकको ३ लाख ९ हजार ८९२ कित्ता संस्थापक शेयर छन्।

बिक्रीमा राखिएको कुमारी बैंकको शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। शेयर खरिदका लागि आवेदन दिन ३५ दिने म्याद दिइएको छ।

Esewa
Crest

इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय र काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्। शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ। तोकिएको म्यादभित्र खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

यसैगरी कामना सेवा विकास बैंकको शेयरमा विद्यमान संस्थापकका साथै अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यो शेयरमा सर्वसाधारणले आफूले लिन चाहेको शेयर संख्या खुलाई आवेदन दिन सक्नेछन् भने संस्थापकले सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्नुपर्नेछ। बोलपत्र काठमाडौंको कमलादीस्थित प्रुभ क्यापिटलमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति फागुन २२ गते बैंकिङ समयसम्म तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS