IME Life New

मिर्मिरे लघुवित्तको १३औं वार्षिक साधारणसभा सम्पन्न, ६ जना संचालक निर्विरोध निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड को १३ औं वार्षिक साधरण सभा फागुन १४ गते काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल स्थित होटल सारथीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सञ्जय कुमार श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल सहित पारित पारित गरेको छ ।

सभाले आ.व.२०७९/०८० को लेखापरीक्षण प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक बर्ष २०७९/०८० को नाफा/नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत लेखा सम्बन्धि नीतिहरु सहित सम्बन्धित अनुसूचीहरु माथी छलफल गरी पारित गरेको छ । आर्थिक बर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा वित्तीय संस्थाको नियमावलीमा व्यवस्था भए बमोजिमको संस्थापक समूहका ४ जना र सर्वसाधारण समूहका २ जना सञ्चालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ ।

Esewa
Crest

संस्थाका सहायक कार्यकारी प्रमुख विर्ख बहादुर बोहराले संचालन गरेकोे कार्यक्रममा शेयरधनीहरुको तर्फबाट उठेका जिज्ञासा एवं प्रश्नहरुमा सभाध्यक्षको अनुमतिले संस्थाका कायम मुकायम कार्यकारी प्रमुख मिन बहादुर बोहराले जिज्ञासा एवं प्रश्नहरुको जवाफ एवं प्रतिवद्धता व्यक्त गरेका थिए ।

सभाको निर्वाचन कार्यक्रम अन्तर्गत निर्वाचन अधिकृत अधिवक्ता शम्भू प्रसाद दाहालले संस्थामा प्रतिनिधित्व गर्ने संस्थापक र सर्वसाधारणको तर्फबाट क्रमशः ४ र २ जना गरी कुल ६ जना निर्वाचित हुनेमा आवश्यक ६ जना मात्रको उमेद्वारी परेको हुँदा सर्वसम्मत निर्विरोध रुपमा निवार्चित भएको घोषणा गरेका थिए ।

निर्विरोध निर्वाचित हुनेमा संस्थापकहरुको तर्फबाट सन्तोष फुयल, संजय कुमार श्रेष्ठ, दिप बहादुर श्रेष्ठ र शंकर राज पाण्डे रहेका छन् भने सर्वसाधारण तर्फ सञ्जू घिमिरे र निकेत अग्रवाल रहेका छन् ।

सभा पश्चात आजै नवनिर्वाचित सदस्यहरुले संचालक प्रविण भट्टराई समक्ष सपथ ग्रहण गरी बैठक बसेर नयाँ अध्यक्ष समेत चुनेको छ  । संस्थापक संचालक तथा विगत ८ वर्ष देखि मिर्मिरेको संचालकको कार्यभार सम्हालेका सन्तोष फुयल नयाँ संचालक समितिमा चुनिएका हुन् ।

व्यवस्थापनमा स्नातकोत्तर गरेका फुयल यस अघि ४ पटक मर्जर समितिको संयोजक तथा हालै नेरुडे लघुवित्तसँग मर्जर हुन लागेको मर्जर समितिको सदस्य समेत थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS