IME Life New

बैंकहरु डुब्दैनन्, सहकारीहरुका कारण समस्या देखिएको हो : गभर्नर अधिकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरु डुब्ने अवस्था नरहेको दाबी गरेका छन्। नेपाल बैंकर्स संघ (एनबीए)ले आज आयोजित ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था’ विषयमा अन्तर्क्रियामा गभर्नर अधिकारीले यस्तो दाबी गरेका हुन्।

गभर्नर अधिकारीले नेपालका बैंकहरु नडुब्ने दाबी गरे। ‘बैंकहरु डुब्ने अवस्थामा छैनन्, राष्ट्र बैंकले निगरानी गरिरहेको छ’, उनले भने, ‘बैंकहरु डुबे भने अर्थतन्त्र पनि संकटमा पर्छ।’

Esewa
Crest

अहिले खराब कर्जा वृद्धि भएको होइन वास्तविकता देखाइएको मात्रै रहेको गभर्नर अधिकारीले बताए। ‘यो खराब कर्जा बढेको वर्ष होइन, खराब कर्जा देखाइएको वर्ष हो’, उनले भने, ‘अहिले नेट एनपीएल १.१३% मात्रै छ।’

सहकारीमा समस्या आउँदा अर्थतन्त्रमा नै समस्या आएकोजस्तो देखिएको गभर्नर अधिकारीको भनाइ थियो। ‘अहिले ठूला ऋणीहरु नयाँ ऋण लिन सक्ने अवस्थामा छैनन्’, उनले भने, ‘उता साना व्यवसायीसम्म बैंकहरु पुग्नै सकेका छैनन्। किराना पसलेसम्म बैंकहरु नपुगेपछि उनीहरु ऋण लिन पनि सहकारीमा गए। निक्षेप पनि सहकारीमै राखे। अहिले सहकारीमा समस्या आउँदा अर्थतन्त्रमै समस्याजस्तो देखिएको छ।’

अहिले बैंक तथा वित्तीय संस्थामाथि गाली गर्ने सामाजिक समस्या नै आइलगेको गभर्नर अधिकारीले बताए। ‘बैंकहरु साहुजी भए रे, कसरी भए ?’, प्रश्न गर्दै उनले भने, ‘कुरै नबुझी जे पायो त्यही बिल्ने ? बैंकहरु कसरी नाफाखोर र मिटर ब्याजी भए ? म गभर्नर भएर आउँदा ३२ खर्ब लगानी गरेर ७० अर्ब कमाउने बैंकहरुले अहिले ५० खर्ब लगानी गरेर पनि त्यति कमाउने अवस्था छैन। अनि बैंकहरु कसरी मिटरब्याजी र नाफाखोर भए ?’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS