IME Life New

बैंक तथा वित्तीय संस्थाविरुद्ध अवाञ्छित गतिविधि भइरहँदा पनि सरकारले सहयोग गरेनः एनबीए अध्यक्ष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए)का अध्यक्ष सुनिल केसीले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध अवाञ्छित गतिविधि भइरहँदा पनि सरकारले सहयोग नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

एनबीएको कार्यालयमा आज आयोजित ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था’ विषयमा अन्तर्क्रियामा अध्यक्ष केसीले यस्तो आक्रोश पोखेका हुन्। ‘बैंकको ऋण तिर्दिनँ भनेर आन्दोलनका नाममा अवाञ्छित गतिवधि भइरहेका छन्’, उनले भने, ‘त्यसको असर वित्तीय क्षेत्रमा पर्न थालेको छ। तर, सरकारले हामीलाई सहयोग गरेको छैन।’

Esewa
Crest

पछिल्लो समय बैंकहरुको आरओई र वितरणयोग्य नाफा घटेकोले चिन्ता बढेको अध्यक्ष केसीले बताए। ‘यसलाई कसरी रोक्ने भन्ने चिन्ता बढेको छ’, उनले भने, ‘अझै दुई त्रैमास बाँकी नै छ। यो समस्या बढ्ने हो भन्ने चिन्ता पनि उत्तिकै छ।’

अध्यक्ष केसीले बैंकहरुको ऋण नउठ्दा केही समस्यामा पर्ने देखिएको बताए। ‘कोरोनाको समयको असर अहिले खराब कर्जामा परेको छ’, उनले भने, ‘सरकारले निर्माण क्षेत्रमा सहयोग नगर्दा साना तथा मझौला उद्योगमा समस्या भएको र त्यसको असर खराब कर्जामा परेको हो।’

अध्यक्ष केसीले केही समस्या बाबजुद नेपालको बैंकिङ क्षेत्र बलियो नै रहेको दाबी गरे। ‘अझै पनि नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामै बलियो छ’, उनले भने।

पछिल्लो समय बैंकको ब्याजदर घट्दो क्रममा रहेको र यसले बैंकिङ क्षेत्रलाई स्थिर बनाउने केसीको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS