IME Life New

समस्याग्रस्त शेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजकका लागि दरखास्त आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्सको व्वस्थापन समूहको संयोजकका लाग दरखास्त आह्वान गरिएको छ।

नेपाल राष्ट्र बैंकस्थित वित्तीय संस्था सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले आज एक सूचना प्रकाशित गर्दै उक्त समस्याग्रस्त फाइनान्सको व्यवस्थापन तथा सञ्चालनका लागि दुईजना व्यक्ति सम्मिलित व्यवस्थापन समूहको संयोजकका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक योग्य नेपाली नागरिकले चैत ४ गते कार्यालय समयभित्र दरखास्त फाराम पेस गर्न छनौट समितिले आह्वान गरेको छ।

Esewa
Crest

दरखास्त पेस गर्दा आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र (उमेर नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र समेत), अनुभवका कागजात एवं छनौट समितिले तोकेका अन्य कागजात संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ। म्यादभित्र दाखिला नभएको वा रित नपुगी आएको दरखास्तउपर कुनै किसिमको कारबाही नहुने समितिले स्पष्ट पारेको छ।

इच्छुक उम्मेदवारले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातको त्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको बैंकिङ विज्ञ रहेको हुनुपर्नेछ।

छनौट समितिका अनुसार संयोजकको सेवाअवधि १ वर्ष (आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६÷६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिने)को हुनेछ। दरखास्त दिने अन्तिम मितिमा उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।

परीक्षाको किसिम कार्ययोजना तथा सोको प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ। दरखास्त स्वीकृत भएका उम्मेदवारको नामावली, कार्ययोजना प्रस्तुतीकरणको समयतालिका र अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारको सूची तथा समयतालिका बैंकको वेबसाइटमा प्रकाशन गरिने समितिले जनाएको छ। पारिश्रमिक तथा अन्य सुविधा रु. १ लाख २६ हजार ३०० मासिक पारिश्रमिक (नियमानुसारको करसहित) प्रदान गरिनेछ। दसैँ खर्चबापत एक महिनाको पारिश्रमिकबराबरको रकम प्रदान गरिनेछ। सोबाहेक अन्य कुनै प्रकारको भत्ता प्रदान नगरिने समितिले स्पष्ट पारेको छ। यसका साथै भइपरी आउने बिदा वार्षिक १२ दिनसम्म पाइने समितिले जनाएको छ।

दरखास्त फाराम छनौट समितिको सचिवालयमा पेस गर्नुपर्नेछ। दरखास्त पेस गर्ने अन्तिम दिनमा सार्वजनिक बिदा पर्न गएमा सोको पछि कार्यालय खुलेको दिन कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिने छनौट समितिले जनाएको छ।

दरखास्त फाराम र सोका साथ पेस गर्नुपर्ने विवरण, व्यावसायिक कार्ययोजनाको ढाँचा तथा कार्यादेशसम्बन्धी जानकारी छनौट समितिको सचिवालयबाट उपलब्ध हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS