Connect IPS
IME Life

एनएमबि बैंकका ग्राहकहरुले होटल रेवर्न एन्ड पार्टी प्यालेसमा छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि बैंक लिमिटेड र नवलपरासीको सुनवल परासी रोड स्थित होटल रेवर्न एन्ड पार्टी प्यालेसबीच छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार एनएमबि बैंकका ग्राहकले होटलबाट प्रवाह हुने विभिन्न सेवामा १० प्रतिशत छुट पाउनेछन् ।

सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र रेवर्न होटल एन्ड पार्टी प्यालेसका प्रबन्ध निर्देशक कोपिला देवी वश्यालले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

बैंकको तर्फबाट सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवाली र होटलको तर्फबाट संचालक दुर्गा प्रसाद वस्यालले उक्त हस्ताक्षरित सम्झौता आदानप्रदान गरेका थिए । बैंकका अनुसार यो सम्झौता एकबर्षको लागि हुनेछ।

दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिने होटल व्यवस्थापक सुमन वस्यालले जानकारी दिए ।

सम्झौताले एनएमबि बैंक लिमिटेडमा खाता खोलेका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने एनएमबि बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बताए । छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्युआर कोड प्रयोग गर्नुपर्नेहुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS