IME Life New

शेयर र घरजग्गा कारोबार बढ्न सुरु भएको अर्थमन्त्रीको दाबी, ‘शेयर बजारमा आएको सुधारले सकारात्मक संकेत गर्छ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले शेयर र घरजग्गा कारोबार बढ्न सुरु भएको दाबी गरेका छन्। नेपाली कांग्रेसको महासमिति बैठकमा पार्टीका प्रवक्तासमेत रहेका अर्थमन्त्री महतले ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ प्रतिवेदन प्रस्तुत गर्दै यस्तो दाबी गरेका हुन्।

ललितपुरको गोदाबरीमा जारी महासमिति बैठकमा प्रतिवेदन पेस गर्दै अर्थमन्त्री महतले घरजग्गा र शेयर कारोबार बढ्न सुरु भएको बताए। ‘शेयर बजारमा आएको सुधारले सकारात्मक संकेत गरेको छ’, उनले भने।

Esewa
Crest

नेपाल राष्ट्र बैंकसँग निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमशः खुकुलो बनाउँदै लगिएको प्रतिवेदनमा उल्लेख छ। ‘मौद्रिक नीतिको हालैको समीक्षामार्फत यसलाई थप लचिलो बनाइएको छ’, अर्थमन्त्री महतले भने, ‘यसबाट लगानीयोग्य पुँजी वृद्धि भएको छ। मौद्रिक नीतिको समीक्षापश्चात कर्जा विस्तारको आधार तयार भएको छ। २०८० चैतसम्म समस्यामा परेका ऋणीलाई कर्जाको पुनर्संरचना गर्ने अवधि दिइएको छ।’

हाल घट्दो ब्याजदरले विविध कारणले बैंक ऋण तिर्न नसकेका व्यवसायीलाई राहत पुगेको अर्थमन्त्री महतले बताए। ‘बैंकिङ प्रणालीमा निक्षेप थपिँदै गएको छ भने निजी क्षेत्रमा हुने कर्जा प्रवाह बढ्दै गएको छ’, महतले भने।

मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमशः आर्थिक क्रियाकलापमा प्रतिबिम्वित हुँदै गएको अर्थमन्त्री महतको दाबी छ। ‘यद्यपि मौद्रिक नीतिमा अझै सुधारको ठाउँ रहेको छ’, महतले भने।

congress

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS