IME Life New

सरकारले घटायो बजेटको लक्ष्य, अब १५.३० खर्बमात्रै खर्च हुने (अर्धवार्षिक समीक्षा प्रतिवेदनसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको लक्ष्य घटाएको छ। अर्थ मन्त्रालयमा आज चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ८७.३८ प्रतिशतमात्रै खर्च हुने बताएका हुन्। सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट ल्याएको थियो।

अर्थमन्त्री महतले संशोधित अनुमानअनुसार १५ खर्ब ३० अर्ब ६२ करोड रुपैयाँमात्रै खर्च हुने बताए। जसमध्ये पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशतमात्रै खर्च हुने उनको भनाइ छ। चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.८४ प्रतिशतमात्रै खर्च हुने संशोधित अनुमान रहेको उनले जानकारी दिए।

Esewa
Crest

अर्थमन्त्री महतले वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत खर्च हुने अनुमान रहेको बताए। ‘स्रोत व्यवस्थातर्फ राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र आन्तरिक ऋण २ खर्ब ४० अर्ब उठाउने लक्ष्य लिइएकोमा राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ९ अर्ब ३० करोड ४६ लाखमात्रै उठ्ने संशोधित अनुमान छ’, उनले भने।

सरकारले लक्ष्यअनुसार नै आन्तरिक ऋण उठाउने अवस्था देखिएकाले राजस्व लक्ष्यभन्दा धरै कम करिब १० खर्ब ६९ अर्बमात्रै उठ्न अनुमान अर्थमन्त्री महतको छ। अनुदानबाट ४९ अर्ब ९४ करोड प्राप्त हुने अनुमान संशोधन गरी अब ४० अर्ब १२ करोड ९ लाख प्राप्त हुने देखिएको उनले बताए।

budge review

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS