IME Life New

विश्व बैंकले आउँदो जुनको तेस्रो साता नेपालमा सम्मेलन गर्दैछः अर्थमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले विश्व बैंकले आउँदो जुन महिनाको तेस्रो साता नेपालमा सम्मेलनको आयोजना गर्न लागेको जानकारी गराएका छन्।

अर्थ मन्त्रालयमा आज चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री महतले विश्व बैंकको सहुलित दरमा ऋण दिने संस्था (आईडी) को सम्मेलन आगामी जुनमा नेपालमा आयोजना हुने लागेको बताएका हुन्। ‘सम्मेलनमा विश्व बैंकका अध्यक्षसहित विश्वभरका ९२ वटा देशका प्रतिनिधि नेपाल आउनेछन्’, उनले भने, ‘यो सम्मेलन नेपालमा आयोजना गर्नका लागि नेपाल सरकारले विश्व बैंकलाई पत्र लेखेको थियो।’

Esewa
Crest

अर्थमन्त्री महतले नेपालको पत्र पाएसँगै सुरुमा सैद्धान्तिक सहमति जनाए पनि पत्रको जबाफ नै आइसकेको बताए। ‘यो तहको उच्चस्तरीय भेला अहिलेसम्म नेपालमा आयोजना भएको छैन’, उनले भने, ‘यो पहिलो त्यस्तो भेला हुनेछ, जसमा विश्वका ९२ वटा मुलुकका प्रतिनिधि नेपालमा आउनेछन्।’

अर्थमन्त्री महतले यो सम्मेलन आयोजना भएपछि नेपालमा लगानीको बाटो अन्तर्राष्ट्रिय रुपमा खुल्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS