काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ अर्ब रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।
राष्ट्र बैंकले २८ दिने ८ अर्ब रुपैयाँ, ९१ दिने ८ अर्ब रुपैयाँ र १८२ दिने ६ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी क्रमशः २०८० फागुन २९ गते, २०८१ जेठ १ गते र २०८१ साउन २९ गते परिपक्व हुनेछन्।
यी ट्रेजरी बिल फागुन १ गते जारी हुनेछ। यसको बोलकबोल भोलि सोमबार माघ २९ गते दिउँसो ३ बजे हुनेछ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।