Connect IPS
IME Life

स्वाभिमान लघुवित्तको साधारण सभा फागुन २० गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वाभिमान लघुवित्तले फागुन २० गते साधारण सभा गर्ने भएको छ । कम्पनीले रुपन्देही स्थितमा आफ्नै केन्द्रीय कार्यालयमा साधारणसभा गर्ने जनाएको छ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७९/०८० को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको २०८०, आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु ९अनुसूचीहरु समेत० छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति एंव निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना संचालकको निर्वाचन गर्ने र रिक्त संचालक पदमा भएको मनोनयनको अनुमोदन गर्नेछ ।

सभाले अन्य इजाजतपत्र प्राप्त घ वर्गका वित्तीय संस्थासंग मर्जर वा प्राप्ति गर्न गराउन उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले नियमनकारी निकायबाट कुनै निर्णय उपर फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS