IME Life New

नाडेप लघुवित्तको नाफामा ३७.८२% को संकुचन, खराब कर्जा १०% नजिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।वित्तीय विवरणअनुसार संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर १० प्रतिशत नजिक पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ७.४५ प्रतिशत रहेकोमा समीक्षा अवधिसम्म बढेर ९.९६ प्रतिशत पुगेको छ।

दोस्रो त्रैमाससम्म संस्थाल इम्पेयरमेन्ट चार्ज ६१ लाख ९१ हजार रुपैयाँ ऋणात्मक देखाएको छ। अघिल्लो वर्ष १७ लाख ७१ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो।

Esewa
Crest

संस्थाको खुद ब्याज आम्दानी २४.१६ प्रतिशतले घटेर १२ करोड ३४ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १६ करोड २८ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म संस्थाले १ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले १ करोड ८० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा संस्थाको नाफामा ३७.८२ प्रतिशतको गिरावट आएको छ।

दोस्रो त्रैमाससम्म संस्थालाई १ करोड ४८ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष संस्थाले यही अवधिसम्म २ करोड ४२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। सञ्चालन मुनाफा ३८.८९ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म संस्थाले १ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले १ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी ४८ करोड ५७ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार १७.६८ प्रतिशतले बढेर २९ करोड ६६ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २५ करोड २० लाख रुपैयाँ थियो। समीक्षा अवधिमा रिटेन्ड अर्निङमा ६ करोड ३७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा १४ करोड ४१ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ४.६२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १४.८५ रुपैयाँ थियो। संस्थाको प्रतिशेयर नेटवर्थ १७४.१८ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS