Connect IPS
IME Life

हिमालय लघुवित्तद्वारा लामाको परिवारलाई बीमा दाबी रकम भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वाडा न.९ टीकाभैरवमा संचालित हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन लघुबित्त बित्तीय संस्था लिमिटेडले बिमा दाबी रकम भुक्तानी गरेको छ ।

गोदावरी नगरपालिका टीकाभैरवमा रहेको हिमालयन लघुबित्त बित्तीय संस्थाको शाखा कार्यालयले कोन्ज्योसोम गाउँपालिका वडा न २ सन्खु घर भएकी मानमाया लामालाई शाखा कार्यालय अन्तर्गत केन्द्र न ०९६ को समूह न.१ बाट १ लाख ५५ हजार रुपैयाँ बीमा रकम उपलब्ध गराएको छ ।

Prabhu
Crest

हिमालयन लघुबित्त संस्थाको सदस्यमा आवद्ध मानमाया लामाको श्रीमान काल सिं लामाको निधन भएपछि निज सदस्य मानमाया लामालाई कार्यलयले बीमा बापतको रकम उपलब्ध गराएको हो ।

सस्थाले लघु बीमा अन्तर्गत संस्थाले नियमानुसार कर्जाको तिर्न बाकी सावा ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत सदस्य मानमाया लामाको पतिको निधन पश्चात् दिईने क्रिया खर्च बापतको २५ हजार रुपैयाँ र कर्जा रकम बापतको १ लाख ३० हजार रुपैयाँ गरी संस्थाले जम्मा १ लाख ५५ हजार रुपैयाँ बिमाबाट प्राप्त भएको,जसमध्ये तिर्न बाकी रहेको कर्जा रकम ५७ हजार ६ सय बहत्तर रुपैयाँ ७३ पैसा सस्थाले कट्टा गरि बाकी रहेको रकम ९७ हजार ३ सय २७ रुपैयाँ सत्ताईस पैसा लुम्बिनी बिकास बैंक लिमिटेडको चेक मार्फत शाखाको केन्द्र न ९६ का सदस्यहरुको रोहवरमा शाखा प्रबन्धक उज्वल श्रेष्ठले सदस्य मानमाया लामालाई चेक हस्तान्तरण गरेका हुन् ।

त्यस्तै सस्थाले म्यादी जीवन बीमा कार्यक्रम संचालन गर्दा निकै खुशी भएको भन्दै आफू समस्यामा परेको बेला श्रीमान गुमाउनुको पिडा त छदै छ,यस्तो समस्याको अवस्थामा कर्जा मिनाहा गरि क्रिया खर्च र बीमा बापतको रकम उपलब्ध गराई आफ्नो पिडामा मलम पट्टि सस्थाले लगाएको सदस्य मानमाया लामाले बताईन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS