IME Life New

सामुदायिक र बिपिडब्लु लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको छ।

राष्ट्र बैंकले सामुदायिक र बिपिडब्लु लघुवित्तलाई आज माघ २४ गते पत्र पठाउँदै मर्जर प्रक्रिया अन्तिम स्वीकृति प्रदान गरेको हो। यी दुवै काभ्रे बनेपमा केन्द्रीय कार्यालय रहेका लघुवित्त हुन्।

Esewa
Crest

यी दुवै लघुवित्तको गत असोज ३० गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो। सोही सभाले सम्झौताअनुसार बिपिडब्लु लघुवित्तको १ शेयर बराबर सामुदायिक लघुवित्त ०.८५३५ कित्ता शेयर कायम हुने गरी शेयर स्वाप रेसियो स्वीकृत गरेको थियो।

त्यसपछि दुवै लघुवित्तको संयुक्त मर्जर कमिटीले सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा आवश्यक कागजपत्र पेस गरेका थिए। राष्ट्र बैंकले यी दुवै लघुवित्तको मर्जरलाई सैद्धान्तिक स्वीकृति दिइसकेको थियो।

राष्ट्र बैंकले मर्जरपछि सामुदायिक लघुवित्त वित्तीय संस्थाको नामबाट वित्तीय कारोबार गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ। यो संस्थालाई बागमती प्रदेशका सबै जिल्ला र सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर र संखुवासभामा कार्यक्षेत्र रहने गरी कारोबार सञ्चालन गर्न पनि स्वीकृति दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS