IME Life New

खराब कर्जा ह्वात्तै बढ्दा नेरुडे लघुवित्तको नाफामा ६२% को संकुचन, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको खराब कर्जा चुलिएको छ। संस्थाले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो।

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ८.८३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ४.८९ प्रतिशत थियो। खराब कर्जा बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर ७ करोड ५७ लाख रुपैयाँ पुगेको छ।

Esewa
Crest

दोस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी पनि ०.८५ प्रतिशतले घटेर २४ करोड २५ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २४ करोड ४६ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म संस्थाले २ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ६ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा संस्थाको नाफामा ६२.२५ प्रतिशतको गिरावट आएको छ।

समीक्षा अवधिसम्म संस्थाले ३ करोड ५४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष संस्थाले यही अवधिसम्म ९ करोड ३१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। सञ्चालन मुनाफामा पनि ६१.९६ प्रतिशतको संकुचन आएको छ।

समीक्षा अवधिसम्म संस्थाले ५ अर्ब ८२ करोड रुपैयाँ सापटी लिई १० अर्ब ९२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ४ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी ७३ करोड २० लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ०.०४ प्रतिशतले बढेर ६४ करोड ७६ लाख रुपैयाँको उचाइमा छ। अघिल्लो वर्ष रिजर्भमा ६४ करोड ७३ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ६.७८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २१.९१ रुपैयाँ थियो। पीई रेसियो ८८.८१ गुणाले ऋणात्मक रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १८१.३८ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS