IME Life New

लुम्बिनी प्रदेशमा एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था यही माघ महिनामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका शाखा (बेथरी, पडसरी, सिसहनिया, ओखरकोट, ठाकुरद्वारा, बाँसगढी र सुलिचौर) मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषअन्तर्गत ती कार्यक्रम सम्पन्न गरेको हो। हालको विषम परिस्थितिलाई मध्यनजर गरी स्थानीय जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा संस्थामा आबद्ध सदस्य तथा गैरसदस्यलाई दैनिक आम्दानी तथा खर्चको विश्लेषण, वित्तीय सेवासम्बन्धी ज्ञान, भविष्यका लागि बचतको आवश्यकता, बचत गर्ने तरिका, कर्जाको सही सदुपयोगिता गर्ने तरिका, व्यवसाय व्यवस्थापनजस्ता विषय समेटेर कार्यक्रमहरु सञ्चालन गरेको थियो। यसबाट सहभागीहमा वित्तीय क्षेत्रका विविध विषयमा ज्ञान हासिल भएको प्रतिक्रिया कार्यक्रमका सहभागीहरुले व्यक्त गरेका थिए। उनीहरुले यस कार्यक्रमबाट कर्जाको सदुपयोग कसरी गर्ने, कर्जा लिएर कस्तो प्रकारको व्यवसाय गर्ने, कसरी आम्दानी बढाउने, बचत कसरी बढाउने र खर्च कसरी कम गर्न सकिन्छ भन्ने विषयमा विशेष ज्ञान हासिल गर्न पाएको र यस्ता प्रकारका कार्यक्रममा सहभागी हुन पाएकोमा खुसीसमेत व्यक्त गरेका थिए।

Esewa
Crest

स्थानीय प्रतिनिधिले यस्तो प्रकारको कार्यक्रम समय–समयमा गर्नुपर्ने सुझाव दिएका थिए।

कार्यक्रम भएका शाखाहरुको कार्यक्षेत्रभित्रका करिब ३५० जना स्थानीयको उपस्थिति थियो। संस्थाले हाल २८७ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवाहरु प्रदानगर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS