काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको सञ्चालक समितिको सोमबार (माघ २२ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ८ करोड ४२ लाख ६ हजार २१९.५३ रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश (करसहित) छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।