Connect IPS
IME Life

वित्तीय ठगीबाट बच्न डिजिटल माध्यमबाट कारोबार गर्दा यी कुरामा अवश्य ध्यान दिऔँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आधुनिक प्रविधिको प्रयोगसँगै उल्लेख्य संख्यामा डिजिटल माध्यमबाट वित्तीय कारोबार भइरहेका छन्। सहज र झन्झटरहित भएकाले यो माध्यम सबैको रोजाइमा पर्ने गरेको छ।

नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै संवेदनशील विषयमा लापरवाही हुँदा सूचना चुहिने र वित्तीय ठगीमा पर्न सकिने भएकोले अत्यन्तै सजग भई डिजिटल वित्तीय कारोबार गर्ने बानी बसाल्न सचेत गराएको छ।

Prabhu
Crest

डिजिटल माध्यमबाट वित्तीय कारोबार गर्दा यी कुरामा ध्यान दिनुपर्छ

  • डिजिटल वित्तीय कारोबार गर्ने मोबाइल र कम्प्युटरमा अनधिकृत पहुँच रोक्न अनिवार्य रुपमा पासवर्ड वा पिनले लक गर्ने,
  • डिजिटल वित्तीय सेवासँग सम्बन्धित लगइन आईडी, युजरनेम, पासवर्ड, पिनजस्ता व्यक्तिगत विवरण कसैलाई नदिने,
  • इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, मोबाइल वालेट, बैंकमा रजिस्टर गरिएका ई–मेलका साथै आफ्ना डिभाइसमा लामो समयसम्म एउटै पासवर्ड÷पिन प्रयोग नगरी पासवर्ड÷पिनहरु समय–समयमा परिवर्तन गरिरहने,
  • अरुले अनुमान गर्नसक्ने किसिमका सामान्य पासवर्ड प्रयोग नगर्ने,
  • सामाजिक सञ्जाल वा जुनसुकै माध्यमबाट प्राप्त मेसेजको भरमा वित्तीय कारोबार नगर्ने, कारोबार गर्नुअघि सम्पूर्ण विवरण यकिन गर्ने,
  • आधिकारिक वेबसाइट तथा आधिकारिक मोबाइल एपको मात्र प्रयोग गर्ने।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS