IME Life New

हिमालयन लघुवित्तको नाफामा ६०.७१% को संकुचन, ईपीएसमा पहिरो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म संस्थाले ५२ लाख ५८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले १ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा संस्थाको नाफामा ६०.७१ प्रतिशतको संकुचन आएको छ।

Esewa
Crest

दोस्रो त्रैमाससम्म संस्थालाई ७५ लाख ११ हजार रुपैयाँ सञ्चालन मुनाफा भएको छ। अघिल्लो वर्ष संस्थाले यही अवधिसम्म १ करोड ९१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो।

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.५९ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल २.९३ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न संस्थाले ७८ लाख ३१ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्जका रुपमा छुट्याएको छ।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि ११.१५ प्रतिशतले बढेर ११ करोड ७२ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १० करोड ५५ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिसम्म संस्थाले २ अर्ब ९९ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ३९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ३ अर्ब १७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी ३१ करोड ९८ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार २७.९२ प्रतिशतले बढेर ११ करोड ८२ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ९ करोड २४ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ६४.५८ प्रतिशतले घटेर ३.२९ रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष ईपीएस ९.२९ रुपैयाँ थियो। पीई रेसियो १८५.७९ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १२५.६२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS