IME Life New

मुख्य सूचकहरुमा एनएमबि लघुवित्तको खराब प्रदर्शन, संस्था घाटामा, ईपीएस पनि ऋणात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको खराब कर्जा अचाक्ली बढेको छ। संस्थाले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो।

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ७.८५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ४.९४ प्रतिशत थियो। खराब कर्जा बढ्दा संस्थाको खुद ब्याज आम्दानी पनि ३३.८९ प्रतिशतले घटेर १० करोड ७६ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १६ करोड २८ लाख रुपैयाँ थियो।

Esewa
Crest

समीक्षा अवधिसम्म संस्थाले ६ करोड ७५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले १३ लाख ५३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

दोस्रो त्रैमाससम्म संस्थालाई ६ करोड ७६ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष संस्थाले यही अवधिसम्म १० लाख ८३ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो।

समीक्षा अवधिसम्म संस्थाले २ अर्ब ५३ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ७३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले २ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ४.२२ प्रतिशतले घटेर १८ करोड ९० लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा १९ करोड ७४ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १८.७३ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस ०.४१ रुपैयाँ थियो। पीई रेसियो २९.६८ गुणाले ऋणात्मक रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १२९.९५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS