Connect IPS
IME Life

समृद्धि फाइनान्सको व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत व्यवसायी सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले माघ १९ गते शुक्रबार खरेन्द्रपुर शाखा, २० गते शनिवार मधुवन शाखा र २१ गते आइतबार औराही शाखामा कार्यक्रम सम्पन्न गरेको हो ।

व्यापार व्यवसायमा संलग्न व्यवसायीहरु र वचतकर्ताले फाइनान्सबाट लाभान्वित हुन सक्ने सेवा सुविधा तथा वित्तिय परामर्शको साथै फाइनान्सबाट प्राप्त सुविधाको सदुपयोग गर्ने सम्वन्धी अन्तरक्रिया गर्दै व्यवसायीहरुसँँग अझ प्रगाढ सम्वन्ध बनाउन फाइनान्सले गर्नुपर्ने प्रयासलाई मुख्य विषय बनाइएको थियो ।

Prabhu
Crest

खरेन्द्रपुर शाखाबाट २० जना, मधुवन शाखाबाट १९ जना र औराही शाखाबाट २२ जना व्यवसायीहरुंले आफ्नो सहभागीता जनाई संस्थाको निक्षेप, चल्ती र मुद्धती खाता, कर्जा वितरण तथा विद्युतीय बैकिंग सुविधाको जानकारी लिनुका साथै पछिल्लो समयमा वित्तिय क्षेत्रमा आएका चुनौति, समस्या र समाधानका विषयमा छलफल भएको हो । साथै उक्त व्यवसायीहरुले व्यवसाय प्रवद्धर्नका लागि फाइनान्सको मुख्य भुमिका रहने बताए ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल तेह्र वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS