IME Life New

जोखिमपूर्ण तबरले कर्जा प्रवाह गरेकोमा प्रोग्रेशिभ फाइनान्समाथि राष्ट्र बैंकले गर्यो यस्तो कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रोग्रेशिभ फाइनान्सलाई जोखिमपूर्ण तरिकाले कर्जा प्रवाह गरेकोमा कारबाहीलाई गरेको छ।

प्रोग्रेशिभ फाइनान्सले जोखिमपूर्ण तबरले कर्जा प्रवाह गर्ने निर्णय गरेकोमा केन्द्रीय बैंकले कारबाही गरेको हो। राष्ट्र बैंकको वित्तीय सुपरिवेक्षण विभागका अनुसार प्रोग्रेशिभ फाइनान्सकोको २०७९ असार मसान्तको अपरिष्कृत वित्तीय विवरणका आधारमा सम्पन्न गरिएको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन, २०७९ तथा राष्ट्र बैंकबाट सम्पन्न विशेष निरीक्षण प्रतिवदेन, २०७९ समेतका आधारमा महर्जन बिजनेस एसोसियट्स प्रालिलाई संस्थाले प्रारम्भमा कर्जा प्रवाह गर्दाको बखत नै कर्जा पूर्ण रुपले सुरक्षित हुने सुनिश्चित गर्नुपर्नेमा सामान्यतः बैंकिङ क्षेत्रमा चलनचल्तीमा नरहेको धितो मूल्यांकन प्रकिया अपनाई जोखिमपूर्ण तवरले कर्जा प्रवाह गर्ने निर्णय गरेको पाइएको जनाएको छ।

Esewa
Crest

पारिपासु सम्झौताअनुसार सम्बन्धित मालापोत कार्यालयमा धितो सम्पत्तिउपर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको लगानीलाई दृष्टिबन्धकमार्फत सुनिश्चित नगरेसम्म कर्जा पूर्ण रुपमा सुरक्षित रहेको मान्न सकिने नभएकोले यस्तो जोखिमपूर्ण लगानीको निर्णयमा संलग्न प्रोग्रेशिभ फाइनान्सको सञ्चालक समितिलाई गत कात्तिक १९ गतेको निर्णयानुसार नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा (२) को खण्ड (क) बमोजिम नसिहत दिइएको केन्द्रीय बैंकले जनाएको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म प्रोग्रेशिभ फाइनान्सको खराब कर्जा अनुपात (एनपीएल) २१ प्रतिशत पुगेको छ। तर, संस्थाले दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा मिलाएर करिब १२ प्रतिशत खराब कर्जा रहेको देखाएको स्रोत बताउँछ। ‘राष्ट्र बैंकले सतप्रतिशत प्रोभिजन गर्न निर्देशन दिएपछि एनपीएल बढी देखिएको हो’, स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

22%
sad

दु :खी

0%
amazed

अचम्मित

11%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS