IME Life New

यी हुन् कामना सेवा विकास बैंकका ठूला २५ शेयरधनी, सञ्चालकसँग कति छ शेयर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक नेपालमा हाल सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकमध्ये एक हो। यो बैंकको केन्द्रीय कार्यालय काठमाडौंको ज्ञानेश्वरमा रहेको छ।

आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन अनुसार यो बैंकमा ०.५ प्रतिशतभन्दा शेयर स्वामित्व रहेका २५ व्यक्ति तथा संस्था छन्। बैंकका ठूला शेयरधनीमा सबैभन्दा बढी शेयर स्वामित्व तुलासा पाण्डे रहेको छन्। बैंकमा उनको २.४३ प्रतिशत (७ लाख ९८ हजार ४०६ कित्ता) शेयर स्वामित्व रहेको छ।

Esewa
Crest

बैंकमा सीता आचार्यको १.७६ प्रतिशत (५ लाख ७६ हजार ८५७ कित्ता), श्रीराम पाण्डेको १.३९ प्रतिशत (४ लाख ५४ हजार ५३८ कित्ता), सीताराम उप्रेतीको १.३७ प्रतिशत (४ लाख ४८ हजार ८४ कित्ता), मदन खनालको १.०८ प्रतिशत (३ लाख ५५ हजार ७५१ कित्ता) र कमलराज उदय १.०२ प्रतिशत (३ लाख ३६ हजार ५ कित्ता) शेयर स्वामित्व रहेको छ।

यसैगरी बैंक रामप्रसाद पोखरेलको ०.९५ प्रतिशत, हाथवे इन्भेस्टमेन्ट ०.९४ प्रतिशत, रविबहादुर थापाको ०.९३ प्रतिशत, चक्रपानि बास्तोलाको ०.८२ प्रतिशत, भीमप्रसाद तुलाचनको ०.८२ प्रतिशत, देवानसिंह थापाको ०.८० प्रतिशत, बाबुराम पन्तको ०.७९ प्रतिशत, भीमराज अधिकारीको ०.७६ प्रतिशत, प्रकाश क्षेत्रीको ०.७४ प्रतिशत, गणेशबहादुर श्रेष्ठको ०.७३ प्रतिशत, ओमकार गौचनको ०.७२ प्रतिशत, जनार्दनदेव पन्तको ०.६९ प्रतिशत, रामकुमार अमात्यको ०.६६ प्रतिशत र भरतराज कोइरालाको ०.६१ प्रतिशत शेयर हिस्सा रहेको छ।

बैंकमा गौ माता इन्भेस्टमेन्ट कम्पनीको ०.५६ प्रतिशत, दीपक खरेलको ०.५४ प्रतिशत, राजेन्द्रनिधि कोइरालाको ०.५४ प्रतिशत, क्यालिबर इन्भेस्टमेन्ट कम्पनीको ०.५२ प्रतिशत र भक्तराम ज्ञवालीको ०.५१ प्रतिशत शेयर स्वामित्व रहेको छ।

सञ्चालकहरुसँग कति छ शेयर ?

यो बैंकको सञ्चालकहरुमा संस्थापक समूहबाट सुदीप आचार्य, भीमप्रसाद तुलाचन र चतुराखर अधिकारी, सर्वसाधारण समूहबाट विश्वेश्वर सुवेदी र बलराम बराल तथा स्वतन्त्रतर्फ सीता घिमिरे छन्।

सञ्चालकहरुमध्ये आचार्यसँग ५४ हजार १४० कित्ता संस्थापक र ३ हजार ४५४ कित्ता सर्वसाधारण शेयर रहेको छ। तुलाचनसँगै २ लाख १२ हजार ५५५ कित्ता संस्थापक र ५५ हजार ३४१ कित्ता सर्वसाधारण शेयर रहेको छ।

यसैगरी अधिकारीसँग १ लाख ५८४ कित्ता संस्थापक र २७ हजार ६१२ कित्ता सर्वसाधारण शेयर रहेको छ भने सुवेदीसँग ८३५ कित्ता र बरालसँग ३ हजार ८३७ कित्ता सर्वसाधारण शेयर रहेको छ। घिमिरेसँग भने एक कित्ता शेयर पनि रहेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS