IME Life New

मेरो माइक्रोफाइनान्सको नाफामा संकुचन, खराब कर्जा ८% नजिक, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ७.८७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ४.९४ प्रतिशत थियो। खराब कर्र्जा मेन्टेन गर्न संस्थाले ५ करोड २ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ। अघिल्लो यही अवधिमा संस्थाले ४ करोड ५४ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो।

Esewa
Crest

संस्थाको खुद ब्याज आम्दानी भने १.१६ प्रतिशतले बढेर ३९ करोड ६३ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३९ करोड १७ लाख रुपैयाँ थियो।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म संस्थाको नाफा ५.१४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ६ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर ६ करोड ४३ लाख रुपैयाँमा सीमित बनेको छ।

दोस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ३.१४ प्रतिशतले घटेर ९ करोड १८ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ९ करोड ४८ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म संस्थाले ८ अर्ब १४ करोड रुपैयाँ सापटी लिई १३ अर्ब ७८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ८ अर्ब ६० करोड रुपैयाँ सापटी लिई १३ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ३.५३ प्रतिशतले बढेर ५२ करोड ४५ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ५० करोड ६६ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ९.७४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस ११.३० रुपैयाँ थियो। पीई रेसियो ६१.१५ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १४९.२२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS