IME Life New

तरलता फालाफालः साढे २ महिनामा राष्ट्र बैंकले तान्यो ४.५१ खर्ब, सस्तैमा पैसा दिन बैंकहरु बाध्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्जाको माग नबढ्दा बैंकहरुले सस्तैमा नेपाल राष्ट्र बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्। बैंकहरुमा थुप्रिएको अधिक तरलता साइजमा ल्याउन राष्ट्र बैंकहरुलाई हम्मेहम्मे परिरहेको छ।

बैंकहरुमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले गत मंसिरयता लगातार निक्षेप संकलन उपकरण प्रयोग गरेर पैसा तानिरहेको छ। यो साढे २ महिनाको अवधिमा केन्द्रीय बैंकले २६ पटक यो उपकरण प्रयोग गरेर साढे ४ खर्ब बढी रकम तानिसकेको छ। आज पनि राष्ट्र बैंकले यो उपकरण प्रयोग गरेर बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्दैछ।

Esewa
Crest

केन्द्रीय बैंकले गत मंसिर ६ गतेदेखि माघ १७ गतेसम्म ५ खर्ब ३० अर्ब रुपैयाँको निक्षेप संकलन बोलकबोल गरेको थियो। जसमा बैंकहरुले ४ खर्ब ५१ अर्ब ७५ करोड रुपैयाँ राष्ट्र बैंकलाई बुझाएका छन्।

अहिलेसम्म बैंकहरुले यी निक्षेप संकलनको अधिकतम औसत ब्याज ३.१४ प्रतिशत र न्यूनतम औसत ब्याज ०.७० प्रतिशत पाएका छन्। यसरी बैंकहरु बाध्य भएर धमाधम न्यून ब्याजदरमै राष्ट्र बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।

अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल गएको अवस्थामा राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरेर बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%
happy

खुसी

9%
sad

दु :खी

3%
amazed

अचम्मित

6%
excited

उत्साहित

3%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS