IME Life New

दुई बैंकको साढे ९ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई बैंकको साढे ९ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कुमारी बैंक र कामना सेवा विकास बैंकको कुल ९ लाख ६८ हजार १६ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। जसमा कुमारी बैंकको ४ लाख ९८ हजार १२४ कित्ता र कामना सेवा विकास बैंकको ५ लाख ९ हजार कित्ता ८९२ कित्ता संस्थापक शेयर रहेको छ।

कुमारी बैंकको शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको समयावधि दिइएको छ। इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल र काठमाडौं टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ।

Esewa
Crest

यसैगरी कामना सेवा विकास बैंकको शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य योग्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा संस्थापकतर्फ न्यूनतम २ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति माघ २३ गतेसम्म तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS