IME Life New

नेपाल बैंकर्स संघ र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच सहकार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकर्स संघ र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट बीच सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष सुनिल के.सी. र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका तर्फबाट स्कुलका डिन प्रा. विजय के.सी. ले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार दुई पक्षले मुख्यतआर्थिक तथा वित्तीय बिषयहरूमा संयुक्त अध्ययन र तथ्यांकमा आधारित अनुसन्धान मार्फत नीतिगत सुधारका कामहरूलाई प्राथमिकताका साथ अगाडि बढाउनुका साथै विभिन्न क्षेत्रमा सहकार्य गर्दै विविध कार्यक्रमहरुको माध्यमबाट अगाडि बढ्ने लक्ष्य लिइएको संघले जनाएको छ।

Esewa
Crest

साथै, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक सिकाइलाई थप सहयोग गर्दै उनीहरुको क्षमता अभिवृद्धि गर्न इंन्टर्नशिप अवसरको लागि पनि सहकार्य गरिने संघले उल्लेख गरेको छ ।

संघका अनुसार यस सहकार्यले विश्वविद्यालय र संघको ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदान गर्दै समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ ।

बैंकहरु बीच आपसी समन्वय स्थापना गरी स्वस्थ प्रतिस्पर्धा विकास गर्न, बैंकसंग सम्बन्धित नीति तथा पद्धतिमा एकरुपता कायम गर्न, एउटा साझा संस्थाको रुपमा नेपाल बैंकर्स संघको स्थापना भएको हो ।

त्यसैगरी, काठमाडौ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट देशमा उच्च गुणस्तरको शिक्षा प्रदान गर्दै, अध्ययन र अनुसन्धान मार्फत शैक्षिक उद्यमको वृद्धि र विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएको संस्था हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS