IME Life New

प्रिपेड/डेबिट/क्रेडिट कार्डबाट कतिसम्म नगद निकाल्न पाइन्छ ? यस्तो छ सीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोनाकालयता नेपालमा डिजिटल बैंकिङ सेवाले निकै फड्को मारिसकेको छ। नगदरहित कारोबारलाई प्रोत्साहन गर्न नेपाल राष्ट्र बैंकले ल्याएको विभिन्न नीति अंगिकार गर्दै बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न किसिमका डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेका छन्।

अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाहरुले प्रिपेड कार्ड, डेबिट कार्ड र क्रेडिट कार्ड सेवा पनि ग्राहकको चाहनाअनुसार प्रदान गर्दै आइरहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुले उपलब्ध गराएको विभिन्न किसिमका कार्ड सेवाले ग्राहकलाई कारोबार गर्न निकै सहज भइरहेको छ।

Esewa
Crest

राष्ट्र बैंकले यस्ता कार्डहरुमा ग्राहकले निकाल्न सक्ने नगदको सीमा तोकेको छ। कार्डको अनधिकृत प्रयोगबाट निक्षेपकर्ताको रकम हिनामिना वा चोरी नहोस् भन्ने उद्देश्यका साथै नगदरसहित कारोबारलाई प्रोत्साहन गर्नसमेत यस्तो सीमा निर्धारण गरिन्छ।

कार्डबाट कतिसम्म नगद निकाल्न सकिन्छ ?

प्रिपेड कार्डबाट ग्राहकले एकपटकमा १० हजार रुपैयाँसम्म, एक दिनमा २० हजार रुपैयाँसम्म र एक महिनामा २ लाख रुपैयाँसम्म निकाल्न सक्छन्।

यसैगरी डेबिट कार्डबाट ग्राहकले एकपटकमा २५ हजार रुपैयाँसम्म, एक दिनमा १ लाख रुपैयाँसम्म र एक महिनामा ४ लाख रुपैयाँसम्म निकाल्न सक्छन्।

राष्ट्र बैंकले क्रेडिट कार्डको सीमाको १० प्रतिशतमात्र रकम निकाल्ने मिल्ने व्यवस्था गरेको छ। यदि ग्राहकले भुक्तानी सेवा प्रदायकको प्रिपेड कार्ड लिनुभएको हो भने तोकिएको एटीएमबाट एक दिनमा ५ हजार रुपैयाँ र एक महिनामा २५ हजार रुपैयाँसम्म नगद निकाल्न सक्छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS