IME Life

सानिमा म्युचुअल फन्डका तीनवटै योजना नाफामा, न्याभ पनि बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फन्डको पुस महिना वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका सानिमा इक्विटी फन्ड, सानिमा ग्रोथ फन्ड र सानिमा लार्ज क्याप फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। मंसिरको तुलनामा पुसमा यी ३ वटै योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ।

SKYWELL
Crest

पुसमा इक्विटी फन्डको न्याभ बढेर ११.४३ रुपैयाँ पुगेको छ। मंसिरमा न्याभ ११.०२ रुपैयाँ थियो। यो योजनाको कुल लगानी पनि बढेर पुसमा १ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। मंसिरमा कुल लगानी १ अर्ब ३९ करोड रुपैयाँ थियो। गत मंसिरमा ३ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले पुसमा भने १ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यसैगरी गत मंसिरमा ग्रोथ फन्डको १०.४१ रुपैयाँ न्याभ रहेकोमा पुसमा बढेर ११.०६ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि बढेर पुसमा ५५ करोड ९४ लाख रुपैयाँ पुगेको छ। मंसिरमा कुल लगानी ५२ करोड ५१ लाख रुपैयाँ थियो। गत मंसिरमा ९० लाख ५७ हजार रुपैयाँ नाफा गरेको यो योजनाले पुसमा ५ करोड ३० लाख रुपैयाँ कमाएको छ।

गत मंसिरमा लार्ज क्याप फन्डको ९.५८ रुपैयाँ न्याभ रहेकोमा पुसमा बढेर १०.०९ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी बढेर पुसमा १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। मंसिरमा कुल लगानी १ अर्ब ३ करोड रुपैयाँ थियो। गत मंसिरमा २ करोड ४० लाख रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले पुसमा भने ३ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS