IME Life
GBIME

पुसमा एनएमबि क्यापिटलका ३ वटै म्युचुअल फन्डको बढ्यो न्याभ, लगानी पनि बढाउँदै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फन्डको पुस महिना वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेका एनएमबि सरल बचत फन्ड–इ, एनएमबि–५० र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को वित्तीय विवरण सार्वजनिक भएको हो। मंसिरको तुलनामा पुसमा यी ३ वटै योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ।

Crest

पुसमा सरल बचत फन्ड–इको न्याभ बढेर ९.४६ रुपैयाँ पुगेको छ। मंसिरमा न्याभ ९.०९ रुपैयाँ थियो। यो योजनाको कुल लगानी पनि बढेर पुसमा १ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। मंसिरमा कुल लगानी १ अर्ब ३२ करोड रुपैयाँ थियो। गत मंसिरमा ५ करोड ३३ लाख रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले पुसमा भने ५२ लाख ६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यसैगरी गत मंसिरमा एनएमबि–५० को १०.४५ रुपैयाँ न्याभ रहेकोमा पुसमा बढेर १०.८९ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि बढेर पुसमा १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। मंसिरमा कुल लगानी १ अर्ब २७ करोड रुपैयाँ थियो। गत मंसिरमा ४ करोड ९८ लाख रुपैयाँ घाटा व्यहोरेको यो योजनाले पुसमा भने ५७ लाख ४४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

गत मंसिरमा सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को १०.९८ रुपैयाँ न्याभ रहेकोमा पुसमा बढेर ११.४९ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी बढेर पुसमा १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। मंसिरमा कुल लगानी १ अर्ब २७ करोडरुपैयाँ थियो। गत मंसिरमा ३ करोड ४२ लाख रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले पुसमा भने २ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS