IME Life New

एनआईसी एशिया लघुवित्तद्धारा २७ शाखाहरुको अर्धवार्षिक समिक्षा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय सस्था लिमिटेडले ११ गते बिहीबार गण्डकी प्रदेश अन्तर्गतका २७ शाखा कार्यालयहरुको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शाखाहरुमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरुका साथसाथै चालु तेस्रो त्रैमासको लागि भावी रणनीति बारे बृहत छलफल भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै संस्थाका संचालक समितीका अध्यक्ष सुवर्ण ढकालले कर्मचारीहरुले सकारात्मक सोचले संस्थाले लिएको लक्ष्यलाई जिम्मेवारीपूर्ण निभाई अघि बढ्न उत्प्रेरित गरे ।

Esewa
Crest

माघ ११ गते बिहीबार गण्डकी प्रदेशमा सम्पन्न कार्यक्रममा संस्थाका संचालक समितीका अध्यक्ष सुवर्ण ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, गण्डकी प्रदेशका ओभरसाइट अफिसर अनित जंग पाण्डे, गण्डकी प्रदेशका प्रदेश प्रमुख, उप प्रदेश प्रमुख तथा सर्पोट अफिसर लगायत २७ शाखाका शाखा प्रबन्धकहरुकोे उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रम ल्यान्डमार्क होटेल पोखरा मा बिहीबार सम्पन्न गरिएको थियोे

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS