काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले एलएस क्यापिटल (लक्ष्मी सनराइज) क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । हाइड्रोपावरले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १९,४६,६६० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
उक्त सम्झौतापत्रमा पुवा खोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कदम के.सि तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
पुवा खोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलविद्युत आयोजना छ ।