IME Life New

कुमारी क्यापिटलका ३ वटै म्युचुअल फन्डको बढ्यो न्याभ, घट्यो लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फन्डको पुस महिना वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल रहेका कुमारी धनवृद्धि योजना, कुमारी सुनौलो लगानी योजना र कुमारी इक्विटी फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। मंसिरको तुलनामा पुसमा यी ३ वटै योजनाको प्रतिइकाइ खुद मूल्य (न्याभ) बढेको छ।

Esewa
Crest

पुसमा कुमारी धनवृद्धि योजनाको न्याभ बढेर ११.५२ रुपैयाँ पुगेको छ। मंसिरमा न्याभ १०.५२ रुपैयाँ थियो।

यो योजनाको कुल लगानी घटेर पुसमा १ अर्ब १२ करोड ६६ लाख रुपैयाँमा झरेको छ। मंसिरमा कुल लगानी १ अर्ब १६ करोड २८ लाख रुपैयाँ थियो।

गत मंसिरमा २४ लाख ७८ लाख रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले पुसमा ६ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।
यसैगरी गत मंसिरमा कुमारी सुनौला लगानी योजनाको १०.६७ रुपैयाँ न्याभ रहेकोमा पुसमा बढेर ११.१९ रुपैयाँ कायम भएको छ।

यो योजनाको कुल लगानी घटेर पुसमा ३० करोड ६८ लाख रुपैयाँमा झरेको छ। मंसिरमा कुल लगानी ३२ करोड ८९ लाख रुपैयाँ थियो।

गत मंसिरमा ८७ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको यो योजनाले पुसमा पनि १ करोड ९८ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ।

गत मंसिरमा कुमारी इक्विटी फन्डको ९.९९ रुपैयाँ न्याभ रहेकोमा पुसमा बढेर १०.४४ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी घटेर पुसमा ९१ करोड ८१ लाख रुपैयाँमा झरेको छ। मंसिरमा कुल लगानी ९४ करोड ६७ लाख रुपैयाँ थियो।

गत मंसिरमा ३५ लाख ९५ हजार रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले पुसमा भने ४ करोड १४ लाख नाफा आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS