IME Life New

मुक्तिनाथ विकास बैंकका यी हुन् २७ ठूला शेयरधनी, कसको स्वामित्व कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकमध्ये मुक्तिनाथ पनि एउटा हो। विकास बैंकमा मुक्तिनाथ अब्बल देखिँदै आएको छ। मुक्तिनाथको चुक्तापुँजी ७ अर्ब ४ करोड रुपैयाँ रहेको छ।

आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदनअनुसार मुक्तिनाथ विकास बैंकमा ठूला २७ शेयरधनी छन्। जसमा सबैभन्दा बढी सेयर स्वामित्व कृष्णमान श्रेष्ठको रहेको छ। बैंकमा श्रेष्ठको २.१३ प्रतिशत सेयर स्वामित्व रहेको छ। यो बैंकमा तुलसीराम ढकालको २.०८ प्रतिशत र मीनप्रसाद गुरुङको २.०१ प्रतिशत शेयर स्वामित्व रहेको छ।

Esewa
Crest

यसैगरी बैंकमा भरतराज ढकालको १.५६ प्रतिशत, जगतबहादुर अर्यालको १.४० प्रतिशत, खिमप्रकाश मल्लको १.३९ प्रतिशत, हरिबहादुर गुरुङको १.३८ प्रतिशत, गोविन्द गुरुङको १.३४ प्रतिशत, नारायणकुमार श्रेष्ठको १.२९ प्रतिशत, शान्त शर्माको १.१५ प्रतिशत र खगेन्द्रराज रेग्मीको १.११ प्रतिशत शेयर स्वामित्व रहेको छ।

मुक्तिनाथ विकास बैंकमा दिलकुमार रेग्मीको ०.९८ प्रतिशत, सुमित कुमार ०.९७ प्रतिशत, शशिकान्त अग्रवालको ०.९३ प्रतिशत, प्रकाशप्रसाद श्रेष्ठको ०.९१ प्रतिशत, गजेन्द्रमान श्रेष्ठको ०.९१ प्रतिशत, भरतप्रसाद लम्सालको ०.७४ प्रतिशत, र सन्ध्या पौडेलको ०.७१ प्रतिशत शेयर स्वामित्व रहेको छ।

यसैगरी यो बैंकमा नरेशकुमार शर्मा पोखरेलको ०.६६ प्रतिशत, शेरबहादुर रानाको ०.६३ प्रतिशत, रामदेवी शर्माको ०.६३ प्रतिशत, रुद्रबहादुर विकेको ०.६३ प्रतिशत, विमला शर्मा पोखरेलको ०.५९ प्रतिशत, शिवकुमार अधिकारीको ०.५७ प्रतिशत, नारायणप्रसाद शर्माको ०.५६ प्रतिशत, सीताराम काफ्लेको ०.५३ प्रतिशत र पूण्यप्रसाद पोखरेलको ०.५० प्रतिशत शेयर स्वामित्व रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%
happy

खुसी

29%
sad

दु :खी

14%
amazed

अचम्मित

29%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS