IME Life New

दोस्रो त्रैमासमा समृद्धि फाइनान्सको नोक्सानी घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले चालु आथिृक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार फाइनान्सको खुद नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा गिरावट आएको हो । गत आर्थिक वर्षको यस अवधिसम्ममा ७ करोड ७३ लाख रुपैयाँ नोक्सानीमा रहेको यस फाइनान्सले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड १३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।

यस अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १९ दशमलव ७६ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ३ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Esewa
Crest

फाइनान्सको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ११ दशमलव ७३ प्रतिशत घटेको छ । सञ्चालन मुनाफा २ करोड ५० लाख रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिमा फाइनान्सको खराब कर्जा १३ दशमलव ९२ प्रतिशतबाट घटेर ४ दशलमव ६८ प्रतिशतमा झरेको छ।

पुस मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा ४८ करोड २० लाख रुपैयाँ ऋणात्मक रहको छ। ८१ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोष २० करोड २४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

यस अवधिसम्ममा फाइनान्सले १ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यस अवधिसम्ममा फाइनान्सको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २१ पैसा ऋणात्मक रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS