IME Life New

मुलुकको व्यापार घाटा अझै करिब ७ खर्ब, आयात–निर्यातको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना पुसम्म मुलुकको व्यापार घाटा करिब ७ अर्ब रुपैयाँ रहेको छ।

भन्सार विभागका अनुसार पुस मसान्तसम्म मुलुकको व्यापार घाटा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख रुपैयाँबराबर रहेको हो। अघिल्लो वर्ष सोही अवधिमा ७ खर्ब ११ अर्ब ८५ करोड ८८ लाख रुपैयाँबराबरको व्यापार घाटा भएको थियो।

Esewa
Crest

यो ६ महिनामा मुलुकले ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। अघिल्लो वर्षको तुलनामा कुल आयात ३.०९ प्रतिशतले घटेको छ।

विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालबाट ७४ अर्ब ९६ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ८० अर्ब ८० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो। निर्यात पनि ७.२३ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा नेपालको वैदेशिक व्यापार ८ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख रुपैयाँबराबरको भएको छ। अघिल्लो वर्षको यही अवधिमा ८ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS