काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब ४९ करोड रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ भने थप ५ अर्ब रुपैयाँ उठाउने भएको छ।
राष्ट्र बैंकले २८ दिने ५ करोड रुपैयाँ र ९१ दिने ५ अर्ब ४९ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो। जसमा ९१ दिने अवधिको थप ५ अर्ब रुपैयाँ नयाँ आन्तरिक ऋण उठाउने र बाँकी नवीकरण गर्न लागिएको छ। यी ट्रेजरी क्रमशः चैत ७ गते र २०८१ वैशाख ११ गते परिपक्व हुनेछन्।
यी ट्रेजरी बिल माघ ९ गते जारी हुनेछ। यसको बोलकबोल सोमबार माघ ८ गते दिउँसो २ बजे हुनेछ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।