IME Life New

ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्दा महालक्ष्मी विकास बैंकको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म बैंकले २७ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १२.०३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३१ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

Crest

दोस्रो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपात (एनपील) घटेर ४.२१ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ४.५७ प्रतिशत थियो। खराब कर्जालाई मेन्टेन गर्न बैंकले इम्पेयरमेन्ट चार्जका रुपमा ९ करोड ३६ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष १९ करोड ३८ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो।

यो ६ महिनामा बैंकको खुद ब्याज आम्दानी पनि १४.५३ प्रतिशतले घटेर ८९ करोड २४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४ करोड रुपैयाँ थियो।

बैंकले समीक्षा अवधिसम्म ३९ करोड ५७ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ४५ करोड ३९ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि १२.८३ प्रतिशतले घटेको छ।

बैंकको निक्षेप संकलन र कर्जा प्रवाह बढेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको निक्षेप संकलन बढेर ५३ अर्ब ४ करोड रुपैयाँ र कर्जा प्रवाह ४० अर्ब ५० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले ५१ अर्ब ४९ लाख रुपैयाँ निक्षेप संकलन गरी ३७ अर्ब १४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी ४ अर्ब १७ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ८.९२ प्रतिशतले बढेर २ अर्ब १८ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २ अर्ब ६५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा ६ करोड ८३ लाख रुपैयाँ रहेको बैंकको वार्षिकीकरण प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १३.३३ रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष ईपीएस २५.५८ रुपैयाँ थियो। पीई रेसियो २९.३७ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५४.०४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS