IME Life New

एनआईबिएल स्टेबल फन्डका इकाइहरु आजबाट बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईएमबि एस क्यापिटलले आज माघ २ गतेदेखि नयाँ म्युचुअल फन्डका इकाइहरु बिक्री खुला गरेको छ।

क्यापिटलले एनआईबिएल स्टेबल फन्ड निष्कासन गरेको हो। क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरको १० करोड इकाइ बिक्रीमा ल्याएको छ।

Esewa
Crest

निष्कासन गरिने कुल इकाइमध्ये १ प्रतिशत अर्थात १० लाख इकाइ योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरिएको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

यो योजनामा न्यूनतम १०० इकाइका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने यो योजनाका इकाइहरुमा माघ ५ गतेसम्म खरिद आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा माघ १६ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ।

यो योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ। १२ वर्ष अवधिको यस योजनाका इकाइहरु खरिद लागि लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS