काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सहायक कम्पनी सिटिजन्स क्यापिटलले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दरखास्त खुला गरेको छ।
सिटिजन्स क्यापिटलले यो म्यानेजर लेभलको पदमा दरखास्त खुला गरेको हो। यो पदमा दरखास्त दिन कम्पनीमा पनि फाइनान्स, इकोनोमिक्स वा म्यानेजमेन्ट संकायमा एमबीए वा स्नातकोत्तर तहसम्मको पढाइ प्रथम श्रेणीमा उत्तीर्ण वा सीजीपीए ३ ल्याएको हुनुपर्नेछ।
उम्मेदवारले मर्चेन्ट बैंकिङ वा बैंक तथा वित्तीय संस्था कम्तीमा ४ वर्ष डीसीईओ वा कम्तीमा १ वर्ष म्यानेजर लेभलको कार्य गरेको हुनुपर्नेछ।
योग्यता पुगेका उम्मेदवारले जनवरी २४ तारिखसम्म क्यापिटलको ई–मेलमा पठाउनुपर्ने हुन्छ। तलब र सुविधा कम्पनीको नियमानुसार हुने क्यापिटलले जनाएको छ।