IME Life New

माघका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, विकास बैंकले के गरे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकहरुले माघका लागि ब्याजदर घटाएका छन्। अधिकांश वाणिज्य तथा विकास बैंकहरुले माघमा लागू हुने ब्याजदर घटाएर प्रकाशित गरेका हुन्।

हालसम्म प्राप्त सूचनाअनुसार १३ वटा वाणिज्य बैंकले माघका लागि ब्याजदर घटाएर प्रकाशित गरेका छन् भने २ वटाको स्थिर रहेको छ। कृषि विकास बैंक, ग्लोबल आइएमई, हिमालयन, कुमारी, लक्ष्मी सनराइज, नबिल, नेपाल एसबीआई, एनआईसी एसिया, प्रभु, प्राइम, राष्ट्रिय वाणिज्य बैंक, सानिमा र स्ट्यान्डर्ड चार्टर्ड बैंकले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्।

Esewa
Crest

व्यक्तिगत मुद्दति निक्षेपमा कृषि विकास बैंकले माघमा अधिकतम ७.२६ प्रतिशत, ग्लोबल आइएमई ८.१ प्रतिशत, हिमालयन ८.१५ प्रतिशत, कुमारीले ८.११ प्रतिशत, लक्ष्मी सनराइजले ८ प्रतिशत, नबिलले ८.१ प्रतिशत, नेपाल एसबीआई बैंकले ८.२५ प्रतिशत, एनआईसी एसियाले ८.०६५ प्रतिशत, प्रभुले पनि ८.०६५ प्रतिशत, प्रइमले ८.१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८.०७ प्रतिशत, सानिमाले ८.१५ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डले ८.०७ प्रतिशत दिने भएका छन्। पुसमा व्यक्तिगत मुद्दति निक्षेपमा कृषि विकास बैंकले अधिकतम ९.०१२ प्रतिशत, ग्लोबल आइएमई ८.६ प्रतिशत, हिमालयन ८.६०३ प्रतिशत, कुमारीले ८.६ प्रतिशत, लक्ष्मी सनराइजले ९ प्रतिशत, नबिलले ८.६ प्रतिशत, नेपाल एसबीआई बैंकले ९.६ प्रतिशत, एनआईसी एसियाले ८.६७ प्रतिशत, प्रभुले ९ प्रतिशत, प्रइमले १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८.६१ प्रतिशत, सानिमाले ९ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डले ८.५६ प्रतिशत दिने भएका छन्।

एभरेस्ट र एनएमबि बैंकले भने पुसकै ब्याजदरलाई निरन्तर दिने भएका छन्। पुसमा व्यक्तिगत मुद्दतिमा अधिकतम ८ प्रतिशत र एनएमबिले ९ प्रतिशत दिएका थिए। अब माघमा पनि यही ब्याजदर लागू हुनेछ।

उता अधिकांश राष्ट्रियस्तरका विकास बैंकहरुले पनि मुद्दति निक्षेपको ब्याजदर ०.४५ प्रतिशतसम्मको विन्दुले घटाएर प्रकाशित गरेका छन्। विकास बैंकले पुसमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.२५ प्रतिशत र संस्थागतमा ७.२५ प्रतिशत दिएका थिए। माघमा भने ज्योति र लुम्बिनीले व्यक्तिगत मुद्दति निक्षेपमा ८.८ प्रतिशत र संस्थागतमा ६.८ प्रतिशत ब्याज दिने भएका छन्। गरिमा र महालक्ष्मीले भने व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागतमा ७ प्रतिशत दिने भएका छन्।

अधिकांश बैंकहरुले संस्थागत मुद्दति निक्षेपमा भने व्यक्तिगत मुद्दति निक्षेपका लागि तय गरिएको अधिकतम ब्याजदरभन्दा २ प्रतिशत कम र रेमिट्यान्समा १ प्रतिशत थपेर दिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

26%
happy

खुसी

32%
sad

दु :खी

0%
amazed

अचम्मित

26%
excited

उत्साहित

16%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS